महोत्तरी । महोत्तरीको जलेश्वरलाई सुरक्षित र आकर्षक शहर बनाउने उद्देश्यसहित उज्यालो जलेश्वर अभियान अन्तर्गत सडक बत्ती जडान थालिएको छ ।
नगरले वडा नम्बर २, ४,५, ६, ८, ९,११ र १२को मुख्य सडक बजार क्षेत्रमा बत्ती जडान गरिरहेको हो । नगरका चोक र चौराहामा बत्ती जडानपछि भित्री बस्ती र पार्क र अन्य वडाहरुमा विस्तार गर्ने योजना नगरको छ ।
हालसम्म जडान भएका बत्तीले रातिको समयमा हुने चोरी तथा आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुगेका नगरको दाबी छ । जडान हुने बत्तीमा डिजिटल डिस्प्ले पनि रहने र नगरको सूचना प्रवाहसँगै विज्ञापनको अवसर उपलब्ध गराउने नगरको योजना छ ।
नगरपालिकाले अग्ला खम्बामा केबुल जडान समेत गरी २०० वाट क्षमताका २ सय ८७ थान फ्लोड लाईट, टावर लाईट स्ट्टीटलाईट र बत्ती जडान गरेको हो ।