Siddarth bankविज्ञापन
मुख्य समाचार

निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा नेता कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न

निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा नेता कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न

काठमाडौ। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । आज कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले निर्धारित मितिमै महाधिवेशन हुनुपर्नेमा जोड दिएका हुन् । 
आउदो मंसिरमा महाधिवेशन हुनु पर्नेमा आफु दृढरहेको भन्दै उनले यदि हुन नसक्ने हो भने सभापति र पदाधिकारीसंग कारणसहित जवाफ माग समेत गरे

बैठकमा बोल्दै कोइरालाले काँग्रेसले अन्य दलहरुसंग गरेको गठबन्धको औचित्यमा समेत प्रश्न गरे । 
'७९ को संघिय र प्रदेश निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा गयौं, अहिले एमालेसँग सरकारमा छौं । त्यतिबेला के कारणले माओवादीसँग गठबन्धन गर्यौं र अहिले के कारणले एमालेसँग सत्ता सहकार्य भयो ?' उनले प्रश्न गरे । 

उनले पार्टीको अनुशासन समितिमा केन्द्रीय समिति भन्दा बाहिरका सिनियर सदस्यरुलाई राख्न माग समेत गरे । 
अनुशासन समितिले तटस्थ र न्यायोचित काम गर्न नसकेको उनको आरोप थियो ।
पार्टी एकतामा जोड दिदै कोइरालाले आफु गुटबन्दी र भागबण्डाको राजनीतिमा नलाग्ने बताए । पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशीलता र भद्रतालाई कमजोरी ठानिएको नेता कोइरालाले जिकिर गरे । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *