मुख्य समाचार

भाटभटेनीबाट २ लाख बढीको सामान चोर्ने व्यक्ति पक्राउ

भाटभटेनीबाट २ लाख बढीको सामान चोर्ने व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केटबाट दुई लाख १७ हजार रुपैयाँभन्दा बढी मूल्यका काजु, पिस्ता, स्याफ्रानलगायतका सामान चोरी गरेका व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाका ३७ वर्षीय बिमल श्रेष्ठ रहेका छन्, जो हाल भक्तपुर ठिमीमा बसोबास गर्दै आएका छन् । वैशाख २० गते चोरी गरेर फरार भएका उनलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपीलराज बोहराले जानकारी दिए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *