Siddarth bankविज्ञापन
समाज

शान्तिपूर्ण निकास निस्किएको छ, सम्हालिँदै चुनावको अवसर सदुपयोग गरौँ : राष्ट्रपति पौडेल

शान्तिपूर्ण निकास निस्किएको छ, सम्हालिँदै चुनावको अवसर सदुपयोग गरौँ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कठिन परिस्थितिमा शान्तिपूर्ण निकास निस्किएको भन्दै घोषित चुनाव सम्पन्न गराउनका लागि सहयोग गर्न सबैलाई अपील गरेका छन् । 

शनिबार एक वक्तव्य जारी गर्दै राष्ट्रपति पौडेलले संविधान, संसदीय प्रणाली र संघीय गणतन्त्र बचेको उल्लेख गर्दै निर्वाचनमा केन्द्रित हुन अपिल गरेका हुन् । 

उनले ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएको पनि उल्लेख गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्राबर पूर्वप्रधानन्यायाधीश कार्कीलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्ति गरेका थिए ।  

राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटन गरेर फागुन २१ गते चुनावको मिति घोषणा गरेका थिए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *