मुख्य समाचार

पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा एक दिने गण्डकी परिक्रमा सुभारम्भ

पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा एक दिने गण्डकी परिक्रमा सुभारम्भ

काठमाडौ । चितवन, तनहुँ र नवलपुर जिल्लामा पर्ने पवित्र धार्मिक तीर्थस्थल देवघाटधामस्थित  एक दिने गण्डकी परिक्रमा सुभारम्भ गरिएको छ । वैदिक सनातन धर्म र संस्कृतिको प्रचार–प्रसार गर्ने उद्देश्यले बैकुण्ठ चतुर्दशीका दिन मंगलबार पैदलयात्रा गरी गण्डकी परिक्रमा थालिएको हो । छब्बीस दशमलव पाँच किलोमिटर दूरीको यस परिक्रमामा हजारौँ भक्तजन, सन्त–महन्त, धार्मिक व्यक्तित्व तथा स्थानीय सरकार प्रमुखहरूको सहभागिता रहेको नेपाल सन्त समाजले जनाएको छ । 
 
परिक्रमाको औपचारिक सुभारम्भ आज बिहान देवघाटधामको बेणी सङ्गममा शालग्राम र गण्डकी पूजन गरेर गरिएको हो । त्यसपछि तनहुँतर्फ गलेश्वर आश्रम र सिद्धेश्वर मन्दिरमा जलप्रसाद ग्रहण गरी यात्राको प्रारम्भ गरिएको हो । परिक्रमाका क्रममा भक्तजनहरूले देवघाटधामस्थित मणिमुकुन्देश्वर चक्रवर्ती आश्रम, महेश सन्यास आश्रम, हरिहर मन्दिर, गणेश मन्दिर, केदारेश्वर मन्दिर र बद्रीनाथ मन्दिर लगायतका स्थलहरूको दर्शन गर्नेछन् । देवघाटधामको महत्व र संसारकै दुर्लभ कृष्णगण्डकी, त्रिशूली र नारायणी नदीको संगम क्षेत्रलाई विशेष ऊर्जा केन्द्रका रूपमा विश्वसामु चिनाउनका लागि यो परिक्रमा विगतका वर्षझैं यस वर्ष पनि आयोजना गरिएको हो । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *