काठमाडौ । नयाँ कुमारी आर्यतारालाई हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ। कुमारीलाई शक्ति प्राप्त हुने जनविश्वासका साथ महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको हो ।
वसन्तपुरस्थित कुमारीघरबाट भैरव, गणेशको यात्रासहित तलेजु पुर्याइएका कुमारीलाई तान्त्रिक रूपमा दीक्षित पुजारीले तलेजु भवानीको दर्शन गराएका हुन्। तलेजु भवानीको दर्शन गराएसंगै कुमारीले सर्वसाधरणलाई दशमीको टीका लगाउने कार्यसूची रहेको छ ।
भवानीको प्रतीकका रूपमा कुमारीलाई सम्मान गरिन्छ ।