समाज

देशभर लागुऔषधको समस्या विकराल, प्रहरीद्वारा रचनात्मक सहयोगको आपिल

देशभर लागुऔषधको समस्या विकराल, प्रहरीद्वारा रचनात्मक सहयोगको आपिल

काठमाडौं । प्रहरीले लागुऔषध देशको साझा समस्याको रुपमा आएको भन्दै न्युनिकरणका लागि आवश्यक कदम चाल्नुनपर्ने बताएको छ । .

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले लागुऔषधको समस्या विकराल बन्दै गएको बताएका हुन् । थापाले नेपालको साझा समस्या भनेकै लागुऔषध रहेको र समाज लागुऔषधको समस्याका कारण आक्रान्त बनेको बताए । प्रवक्ता थापाले  युवाहरु लागुऔषधको दुव्र्यसनमा परेर आफ्नो भविष्यको दुरावस्थामा पुगिरहेको बताए ।

उनले मुलुकको समुन्नति, मुलुकको विकास र समाजको उदाहरणीय व्यक्तित्व रुपमा देख्नसक्ने मानिसहरु नै अहिले दुव्र्यसनको शिकार हुनु दुःखद् भएको भन्दै सबैले लागुऔषध दुव्र्यसनीको बिरुद्धमा कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए ।  

प्रवक्ता थापाले नेपाल प्रहरीमा १८ हजार थप दबरन्दी आवश्यक रहेको भन्दै प्रहरीको आफ्नै कार्यालय भवन नभएको प्रहरी इकाइ ७ सय ९१ वटा रहेको बताए । उनले २७ हजार ७ सय ८८ जनशक्ति आवश्यक रहेको भन्दै नेपाल प्रहरीले २४ घण्टामा ४ सय २६ वटा सवारी गस्ती, चेकिङ ६ सय ९ स्थानमा, पिकेट १ हजार १ सय ६८ वटा हुने गरेको बताए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *