समाज

भारत–पाकिस्तान युद्धको असरबारे नेपालको संसद्मा चासो

भारत–पाकिस्तान युद्धको असरबारे नेपालको संसद्मा चासो

काठमाडौं । भारत–पाकिस्तानबीच बढ्दो तनाव र युद्धको सन्दर्भमा नेपालको संसद्मा चासो व्यक्त गरिएको छ । सांसदहरूले यसले नेपालमा पार्न सक्ने सम्भावित प्रभावप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभा बैठकमा सांसद सर्वेन्द्रनाथ शुक्लले नेपाल असंलग्न राष्ट्र भए पनि आतंकवादबारे स्पष्ट नीति आवश्यक भएको बताए । पहलगाम आक्रमणको निन्दा गर्दै उनले सरकारको चुप्पीप्रति संकेत गरे ।

पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले पाकिस्तानको सैनिक टोलीले यति संवेदनशील समयमा नेपाल भ्रमण गर्नु अनुपयुक्त भएको भन्दै भ्रमण रोक्न सकिन्थ्यो भन्ने धारणा राखे ।

सांसद सञ्जयकुमार गौतमले खुला सिमाना र भूराजनीतिक संवेदनशीलता उल्लेख गर्दै युद्धको असरबारे समयमै छलफल र तयारी आवश्यक भएको बताए । उनले राजनीतिक दलहरूबीच राष्ट्रिय मुद्दामा एकता जरुरी भएकोमा पनि जोड दिए ।

२२ अप्रिलमा भारत–प्रशासित कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले पाकिस्तानमाथि जवाफी हमला शुरु गरेको हो । हवाई आक्रमणमा हालसम्म कम्तीमा ८ जनाको मृत्यु र ३५ भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *