Siddarth bankविज्ञापन
समाज

पर्वतमा १८ सय ९२ घरधुरीमा एक घर एक धारा अवधारणा अन्तर्गत पिउने पानीको पहुँच

पर्वतमा १८ सय ९२ घरधुरीमा एक घर एक धारा अवधारणा अन्तर्गत पिउने पानीको पहुँच

पर्वत । आर्थिक वर्ष  २०८१/०८२ मा पर्वतमा १८ सय ९२  घरधुरीमा एक घर एक धारा अवधारणा अन्र्तगत पिउने पानीको पहुँच पुगेको छ । 

सात स्थानीय तहमा खानेपानी तथा सरसफाई डिभिजन कार्यलय वाग्लुङका ७४ आयोजनावाट एक हजार २ सय ४२ धारा जडान भएका छन् । संघीय ससर्त अनुदान मार्फत १८ आयोजना मार्फत ५ सय ५४ घरधुरीमा धारा जोडिएका पछि पधेँरा इनारबाट पानी बोक्नुपर्ने बाध्यता हटेको छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका अनुसार संघ प्रदेश गरी कुल १५ करोड ६ लाख बजेटमा १४ करोड ८६ लाखका योजना गत बर्ष सम्पन्न भएका छन् । 
 
पर्वतमा १७ हजार ५ सय ४६ घरधुरीमा एकघर एक धारा खानेपानीको सुविधा पुगेको छ । अझै  ३० हजार घरधुरी सार्वजनिक धाराको पानी प्रयोग गर्दै आएका छन् ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *