वातावरण

समुद्री आँधी काजिकीका कारण भियतनाममा हवाइ र यातायात सेवा अबरुद्ध

समुद्री आँधी काजिकीका कारण भियतनाममा हवाइ र यातायात सेवा अबरुद्ध

एजेन्सी। भियतनामले भीषण समुद्री आँधी ‘काजिकी’ आउनुअघि ५ लाख ८६ हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थलमा सारिएको छ । आँधीमा कारण हाल १ सय ६६ किमी प्रतिघण्टा वेगको हावा चलिरहेको छ । आँधी भूमि प्रवेश गर्नु अघि अझै शक्तिशाली हुने अनुमानले प्रभावित क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा सारिएको हो । मध्य प्रान्तहरू थान होआ, क्वाङ त्री, हुये र दा नाङका बासिन्दालाई घर छाड्न आदेश दिइएको हो । उडानहरू रद्द गरिएको छ भने डुङ्गा तथा माछापालनका गतिविधिहरू रोकिएका छन । भियतनाम एअरलाइन्सले हिजो र आजका लागि कम्तीमा २२ उडान रद्द गरेको छ । आँधी आव बिहानै मध्य भियतनाममा प्रवेश गर्ने अपेक्षा छ । चीनको हाइनान टापु हुँदै सरिरहेको यस आँधीका कारण त्यहाँ ३२० मिमि वर्षा हुने अनुमान गरिएको छ।‘काजिकी’ले भियतनाममा २०० किमी प्रतिघण्टासम्मको हावा र चार सय  मिलिमिटर वर्षा गराउने अनुमान छ । त्यस्तै २–४ मिटरसम्मको समुद्री छाल आउन सक्ने चेतावनी दिइएको छ । काजिकी आँधी गत वर्ष सेप्टेम्बरमा आएको ‘यागी’ जस्तै घातक हुने आशंका गरिएको छ । यागीले गर्दा भियतनाममै करिब तीन सय जनाको मृत्यु भएको थियो । उता चीनको हाइनान प्रान्तको दक्षिणी सहर सान्यामा व्यवसाय, सार्वजनिक यातायात र पर्यटकीय स्थल बन्द गरिएको छ । सो क्षेत्रमा उच्च स्तरको चेतावनी जारी गरिएको छ । विद्यालय, निर्माण कार्य, पसल, रेस्टुरेन्ट, सुपरमार्केट सबै बन्द गरिएको छ । समुद्रमा ल््ने सबै डुङ्गा रोकिएका छन । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *