रुपन्देही । चाडपर्व नजिकिएसँगै रुपन्देहीका थोक तथा हाटबजारमा हरियो तरकारी फलफुलको मूल्य अकाशिएको छ ।
बर्खायाममा तराईमा हरियो तरकारी कम उत्पादन हुने भएकाले मूल्य बढेको हो । वर्षातमा बढी उत्पादन नहुने तरकारी काउली, बन्दाकोभी, मुला, गोलभेडा, सिमी, बोडी लगायतको भाउ केही दिनयता उच्च भएको छ ।
तिज लगायतका चाडपर्व शुरु भएकाले पनि तरकारी महंगो भएको उपभोक्ताको भनाइ छ । रुपन्देहीका थोक तथा हाटबजारमा मकवानपुर, धादिङ, पाल्पा, गुल्मी अर्घाखाँची,स्याङजा,प्युठानलगायतका जिल्लाबाट हरियो तरकारी भित्रने गर्दछ ।
तराइमा उत्पादन कम र पहाडी जिल्लाबाट ढुवानी भाडा बढी लाग्ने हुँदा वर्षातमा प्राय तरकारी महंगो हुने गरेको छ ।