समाज

सतुङ्गलको कपडा पसलमा आगलागी

सतुङ्गलको कपडा पसलमा आगलागी

काठमाडौं । चन्द्रागिरि नगरपालिका –११ सतुङ्गल चोकस्थित एक कपडा पसलमा विद्युत् सर्ट भएर आगो लागेको छ । 

आज बिहान करिब साँढे ५ देखि लागेको आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी  स्थानीयलगायत लागिपरेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

आगो निभाउन नेपाली सेना विपद् व्यवस्थापन गण, नेपाल आयल निगम जुद्ध बारूणयन्त्र चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको समेत   दमकल प्रयोग गरिएका छन् ।
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *