समाज

६ महिनाभित्र चुनाव गरेर प्रतिनिधि सभा ल्याउनु पर्छ : राष्ट्रपति पौडेल

६ महिनाभित्र चुनाव गरेर प्रतिनिधि सभा ल्याउनु पर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले संकटबाट मुलुकलाई निकास दिने काम भएको बताएका छन् । 

संविधान दिवसका अवसरमा शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिलेको अवस्थालाई बुझेर ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सफल बनाउनका लागि क्रियाशिल हुन सबैलाई आह्वान समेत गरे । उनले नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्दै मुलुकको आगामी बाटो तय गर्ने विश्वास समेत व्यक्त गरे । 

राष्ट्रपति पौडेलले अहिलेको संविधान संवैधानिक विकासको इतिहासमै सबैभन्दा बलियो र सार्वभौम भएको उल्लेख गर्दै सवैले मिलेर रक्षा गर्नुपर्ने पनि बताए । उनले नेपालको संस्कृति, प्रकृति र भौगोलिक विविधताले आफैँमा असीमित सम्भावना बोकेको उल्लेख गर्दै यी सम्भावनालाई न्यायोचित ढङ्गले उपयोग गर्न सके आम नेपालीको जीवनस्तरमा रूपान्तरण ल्याउन सकिने स्पष्ट पारे ।

राष्ट्रपति पौडेलले बेथितिको अन्त्य, रोजगारी सिर्जना, वातावरणीय दिगोपन र सामाजिक न्यायलाई प्राथमिकतामा राख्न सके जेन्जी पुस्ताले अहिले मागेको भ्रष्टाचार र बेथिति अन्त्य हुने जिकिर पनि गरे ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *