समाज

गोकर्णेश्वरमा पितृ पूजा गर्नेको भीड (तस्बिरहरु)

गोकर्णेश्वरमा पितृ पूजा गर्नेको भीड (तस्बिरहरु)

काठमाडौं । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । 

आजका दिन छोराछोरीले परम्परा अनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख पनि हेर्ने गर्दछन् । 

बुबा नहुनेले विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने गर्दछन् ।

आज विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *