काठमाडौं । बैदिक सनातन धर्मावलम्बीले आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाउँदै छन् ।
ज्ञानयोग, कर्मयोग र भक्ति योगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भन्ने गरिन्छ ।
कृष्ण अष्टमीको अवसरमा ललितपुरको पाटनसहित देशभरका कृष्ण मन्दिरहरुमा विहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।










