समाज

प्रतिनिधि सभा विघटन अस्वीकार्य रहेको ८ दलको निष्कर्ष

प्रतिनिधि सभा विघटन अस्वीकार्य रहेको ८ दलको निष्कर्ष

काठमाडौं । राजनीतिक दलहरुले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै विरोध जनाएका छन् । 

विघटित प्रतिनिधिसभाका ८ वटा राजनीतिक दलहरूले संयुक्त विज्ञप्ति जारी प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै विरोध जनाएका हुन् । 

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले जारी गरेको संयुक्त विज्ञप्तिमा विघटनले नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार गरेको उल्लेख छ ।

उनीहरुले प्रतिनिधिसभा पुनस्र्थापनाको माग समेत गरेका छन् ।  प्रतिनिधिसभा विघटन गर्ने निर्णय फिर्ता लिइ तत्काल संसदको बैठक बोलाई जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै सम्बोधन हुने वातावरण सिर्जना गर्न माग गरेका हुन् ।
 
यसैगरी,  नेपाल पत्रकार महासंघले पनि प्रतिनिधि सभा विघटनको विरोध गरेको छ । महासंघले एक विज्ञप्ति जारी गरी प्रतिनिधि सभा विघटन अनिष्टको संकेत भएको टिप्पणी गरेको छ । महासंघले प्रतिनिधि सभा विघटन अलोकतान्त्रिक र असंवैधानिक कदम भन्दैसबै पक्षलाई संविधान र उपलब्धि रक्षार्थ अगाडि बढ्न आह्वान समेत गरेको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *