काठमाडौं । मोरङको सडक दुर्घटनामा एक बालकको मृत्यु भएको छ ।
बूढीगंगा गाउँपालिका–४, पशुपति टोलमा शुक्रबार दिउँसो भएको दुर्घटनामा ५ वर्षिय एक बालकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार प्र १–०२–००२ च ४६६५ नम्बरको पिकअप गाडीले सडक पार गर्दै गरेका सबहरी पौडेलका छोरा शम्भु पौडेललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।