Siddarth bankविज्ञापन
समाज

लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नुस्ः गृहमन्त्री लेखक

लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नुस्ः गृहमन्त्री लेखक

जनकपुरधाम ।गृहमन्त्री रमेश लेखकले देशभर लागुऔषधको समस्या डरलाग्दो रुपमा बढिरहेको बताएका छन् ।

जनकपुरमा शुक्रवार मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै मन्त्री लेखकले लागुऔषधको नियन्त्रण जरुरी रहेको बताए ।

लेखकले सडक दुर्घटना नेपालको अर्को विकराल समस्या रहेको बताउँदै सडक दुर्घटनाबाट दैनिक झन्डै ७ जनाको ज्यान जाने गरेको उल्लेख गरे । गृहमन्त्री लेखकले देशभर आत्महत्यका कारण दैनिक १७ जनाको ज्यान जाने गरेको र साइबर क्राइम पनि डरलाग्दो समस्याका रुपमा आएको बताए । मन्त्री लेखकले  लागुऔषधको नियन्त्रणमा खटिएर लाग्न प्रदेशका सुरक्षा निकायहरुलाई निर्देशन दिए ।

गृहमन्त्री लेखकले शान्ति सुरक्षा देशको पहिलो शर्त र आवश्यकता भएको उल्लेख गरे । शान्ति सुरक्षाको स्थिति कमजोर हुने बित्तिकै देश विकासका काममा अवरोध आउने बताए 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *