समाज

लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नुस्ः गृहमन्त्री लेखक

लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नुस्ः गृहमन्त्री लेखक

जनकपुरधाम ।गृहमन्त्री रमेश लेखकले देशभर लागुऔषधको समस्या डरलाग्दो रुपमा बढिरहेको बताएका छन् ।

जनकपुरमा शुक्रवार मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै मन्त्री लेखकले लागुऔषधको नियन्त्रण जरुरी रहेको बताए ।

लेखकले सडक दुर्घटना नेपालको अर्को विकराल समस्या रहेको बताउँदै सडक दुर्घटनाबाट दैनिक झन्डै ७ जनाको ज्यान जाने गरेको उल्लेख गरे । गृहमन्त्री लेखकले देशभर आत्महत्यका कारण दैनिक १७ जनाको ज्यान जाने गरेको र साइबर क्राइम पनि डरलाग्दो समस्याका रुपमा आएको बताए । मन्त्री लेखकले  लागुऔषधको नियन्त्रणमा खटिएर लाग्न प्रदेशका सुरक्षा निकायहरुलाई निर्देशन दिए ।

गृहमन्त्री लेखकले शान्ति सुरक्षा देशको पहिलो शर्त र आवश्यकता भएको उल्लेख गरे । शान्ति सुरक्षाको स्थिति कमजोर हुने बित्तिकै देश विकासका काममा अवरोध आउने बताए 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *