काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गणतन्त्र स्थापना भएर १८औँ वर्षमा प्रवेश गरेको अवसरमा गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाइरहेको छ ।
उत्सव मनाउन काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट एमालेका नेता, कार्यकर्ता र्यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला भइरहेका छन् ।
विभिन्न स्थानबाट आ–आफ्नो भेषभूषा, सांस्कृतिक झाँकी, र्यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला भई बृहत् र्याली रत्नपार्कमा पुगेर सम्बोधन गरेपछि उत्सव समापन हुने एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।
एमालेले गणतन्त्रका पक्ष शक्तिलाई पनि गणतन्त्र उत्सवमा सहभागी हुन आग्रह गरेको छ । गणतन्त्र उत्सवको र्यालीमा गणतन्त्रको पक्षमा नारा लगाउँदै नेता, कार्यकर्ता सहभागी भइरहेका छन् ।
‘गणतन्त्र जिन्दवाद’, ‘गणतन्त्रको रक्षा गरौँ, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र जिन्दवाद’लगायत नारा लगाउँदै विभिन्न सांस्कृतिक प्रस्तुतिसहित र्याली भइरहेको विभागका एमाले प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । गणतन्त्र उत्सवमा एमालेका नेता तथा गणतन्त्र पक्षधर सबै भेला हुने कार्यक्रम रहेको उनको भनाई छ ।