समाज

राजनीतिक परिवर्तनमा पत्रकारको भुमिका महत्वपूर्णः राष्ट्रपति

राजनीतिक परिवर्तनमा पत्रकारको भुमिका महत्वपूर्णः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षित र जोखिममुक्त वातावरणमा पत्रकारिताको विकासतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभएको छ । 

बुधवार राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे पौडेलले सत्य तथ्य समाचारको माध्यमबाट जनतालाई सजग बनाउनु जिम्मेवार सञ्चारकर्मको दायित्व भएको उल्लेख गरे ।

राष्ट्रपति पौडेलले  नेपालको राजनीतिक परिवर्तनमा पत्रकारले खेलेको भुमिका महत्वपूर्ण भएको बताए ।  स्वतन्त्र र निष्पक्ष पत्रकारिता भएन भने लोकतन्त्र पनि बलियो बन्न नसक्ने राष्ट्रपति पौडेलको भनाइ छ । पौडेलले राष्ट्र निर्माणका लागि पत्रकारिता सशक्त र प्रभावकारी माध्यम भएको भन्दै  संविधानको मर्म अनुसार सञ्चारकर्ममा पत्रकार सजग र  सचेत बन्नुपर्नेमा जोड दिए ।  

राष्ट्रपति पौडेलले नागरिक पत्रकारिता समाजमा भ्रम सिर्जनामा अग्रसर भएको उल्लेख गरे ।सूचना प्रविधिको विकास र सामाजिक सञ्जालको प्रयोगमार्फत मिथ्या सूचना संप्रेषण हुनसक्ने भन्दै सजग हुनपर्नेमा राष्ट्रपतिको  जोड छ ।  सामाजिक सञ्जालमा संप्रेषण भएका सामग्रीबाट  आमसर्वसाधारणमा पार्नसक्ने भ्रमलाई चिरेर सही सूचना संप्रेषण गर्नु पत्रकारका लागि चुनौती भएको राष्ट्रपतिको  भनाइ छ ।   

राष्ट्रपति पौडेलले पत्रकारिता क्षेत्रले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाई जनअपेक्षा अनुसार सुशासन तथा समृद्धिमा सकारात्मक र रचनात्मक भुमिका खेल्नुपर्ने पनि बताए । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *