समाज

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । 

देशका २७ वटा कारागारबाट १४ हजार ५ सय ५५ जना कैदीबन्दी फरार भएकामा  ५ हजार ४ सय ३४ जना पुनः जेल फर्किएको कारागार व्यवस्थापन विभागले जनाएको हो ।  

९ हजार १ सय २१ जना अझै फरार छन् । पक्राउ परेकाहरुलाई पनि अहिले जहाँ पक्राउ परेका त्यही जिल्लाको कारागारमा राखिएको छ । केन्द्रीय कारागार सुन्धाराबाट ३ हजार ५२३ जना कैदीबन्दी फरार भएकामा अधिकांश फर्केका छैनन । 

सुन्धारा कारागारबाट भागेका १ हजार १३४ जना कैदीबन्दी फिर्ता भएका छन । यीमध्ये २१० जनालाई विभिन्न जिल्लामा प्रहरीले पक्राउ गरेर त्यही जिल्लाका कारागारमा राखेको छ । यस्तै, धादिङ र रामेछापका कारागारबाट कैदी भाग्न थालेपछि नेपाली सेनाले गोली चलाएको थियो ।  

धादिङमा २ जना र रामेछाप कारागारमा ३ जना कैदीबन्दीको मृत्यु भएको थियो । देशका ७५ वटा जिल्लामा कारागार रहेकामा २७ वटा कारागारबाट कैदीबन्दी फरार भएका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *