मुख्य समाचार

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना घाइते

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना घाइते

एजेन्सी ।  इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली हवाई आक्रमणमा ८१ जनाको मृत्यु हुँदा ४ सय जना घाइते भएका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गाजा शहरको एक रंगशाला नजिकै भएको एक आक्रमणमा एक बच्चासहित ११ जनाको मृत्यु भएको अल(शिफा अस्पतालका कर्मचारी र प्रत्यक्षदर्शीहरूले बताएका छन्। 

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्ता युद्धविराम सम्झौता हुन सक्ने आशा व्यक्त गरेका छन्। संयुक्त राज्य अमेरिकाको दबाबले युद्धविराम सम्झौता हुन सक्ने कतारी मध्यस्थकर्ताहरूले आशा व्यक्त गरेका छन्। 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *