समाज

रसुवामा ७ किलो सुन बरामद

काठमाडौं । रसुवामा  ७ किलो सुन बरामद भएको छ ।

रसुवा  भन्सार नाकाबाट ७ किलो सुन बरामद भएको हो। केरुङबाट स्याउ लिएर आएको कन्टेनरमा सो परिमाणको सुन बरामद भएको हो ।

रसुवा प्रहरीका अनुसार   बरामद सुनको तौल करिब ७ किलो ६ सय ग्राम रहेको छ ।चीनको केरुङबाट सुन आइरहेको छ भन्ने सुराकीका आधारमा नाकामा खानतलासी गर्दा सुन बरामद भएको जनाइएको छ  । गाडी चालकको सिटनजिकै फल्स बटम बनाएर सुन ल्याइएको बताइएको छ  ।

प्रहरीका अनुसार बा ४ ख ६२०१ नम्बरको गाडी केरूङबाट काठमाडौं आउँदै गर्दा आइतबार दिउँसो  प्रहरीले उक्त सुन बरामद गरेको हो। सो पहेलो धातु परीक्षण भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *