Siddarth bankविज्ञापन
समाज

काभ्रेमा बोलेरो दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जना घाइते

काभ्रेमा बोलेरो दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जना घाइते

काठमाडौं । काभ्रेको भुम्लुमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । 

बिहीबार राती चौँरीदेउरालीबाट काठमाडौं आउँदै गरेको बा १५ च ८५६३ नम्बरको बोलेरो भुम्लु गाउँपालिका– ८ पौवास्थित उकालोमा दुर्घटना भएको हो ।

दुर्घटनामा चौँरीदेउराली गाउँपालिका– ६ का वडाध्यक्ष किशोरराज गिरी, पदमकुमार दुलाल, डिल्लीप्रसाद गौतम, हाटुज राज गिरी र तेजबहादुर पन्थ घाइते भएका छन् ।

दुर्घटनाग्रस्त गाडीका चालक पाँचखाल नगरपालिका ५ का युनिस गौतम सकुशल रहेको बताइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *