मुख्य समाचार

इजरायली आक्रमणमा परी ४५ जना प्यालेस्टिनी नागरिकको मृत्यु

इजरायली आक्रमणमा परी ४५ जना प्यालेस्टिनी नागरिकको मृत्यु

काठमाडौं । गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा ४५ प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । 

प्यालेस्टिनी अधिकारीहरूले आवासीय क्षेत्रहरूमा व्यापक भौतिक संरचनाको विनाश र मृत्युको सङ्ख्या बढेको बताएका हुन् । अधिकारीहरूले अस्पतालहरूमा थेग्नै नसकिने गरी दबाब बढेको बताएका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पछिल्ला केही दिन यता इजरायली सेनाले गाजा शहरमा आफ्नो कारबाहीलाई विस्तार गर्दै बासिन्दाहरूलाई वस्ती छोड्न चेतावनी दिएको छ । गाजाको नागरिक सुरक्षा निकायले आक्रमणका कारण इजरायलले विस्थापितहरूलाई आश्रय दिने विद्यालयहरू र आवासीय भवनहरू खचाखच भरिएको बताएकोे छ 

आक्रमणबाट दर्जनौँको मृत्यु भएको छ र सयौँ घाइते भएका छन् । पछिल्लो समय इजरायली सेनाले एक हजार ६०० भन्दा बढी आवासीय भवनहरू र विस्थापित परिवारहरूका लागि बनाइएका १३ हजार टेन्टहरू नष्ट गरेको छ, जसले तीन लाख ५० हजारभन्दा बढी मानिसहरूलाई पूर्वी गाजा शहरबाट मध्य र पश्चिमी क्षेत्रहरूमा भाग्न बाध्य पारेको छ । 

शुजैया, जायतौन, तुफाह, रिमाल र शेख राडवानसहित प्रमुख छिमेकहरू व्यवस्थित विनाशको सामना गरिरहेका छन । आक्रमणलाई यसले अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन भनेको छ ।

पछिल्ला केही दिन यता इजरायली सेनाले गाजा शहरमा आफ्नो कारबाहीलाई विस्तार गर्दै बासिन्दाहरूलाई वस्ती छोड्न चेतावनी दिएको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *