पर्वत । पर्वतमा गत आर्थिक वर्षमा ४५ किलोमिटर भन्दा बढि सडक कालोपत्र भएको छ ।
संघीय सरकार तथा प्रदेश सरकार मातहतका विभिन्न कार्यालय र आयोजना मार्फत बिनीयोजित बजेटवाट सडकको स्तरोन्नति गरिएको हो ।
पुर्वाधार कार्यालय पर्वतका अनुसार गत वर्ष ४७ हजार चार सय ४८ घटमिटर टेवा पर्खाल निर्माण गरिएको छ ७६ वटा कल्भर्ट र १० किलोमिटर सडक मर्मत सम्भार समेत गरिएको छ ।
गतवर्ष संघीय सरकार अन्तर्गतको सडक डिभिजन कार्यालय पोखरामार्फत जिल्लका विभिन्न क्षेत्रका सडक आयोजनामा १३ किलोमिटर छ सय ६० मिटर सडक कालोपत्र भएको छ । पर्वतमा अघिल्लो आर्थिक वर्षमा ३० किलोमिटर सडक कालोपत्र गरिएको थियो ।
हालसम्म जिल्लाघर करिब तीन सय किलोमिटर सडक कालोपत्रे भएको छ । पर्वतमा गत आर्थिक वर्षमा लिदिखोला मोटरेबल पुल निर्माण सम्पन्न भएको र मल्याङ्दी खोला र छत्तिसेघाट मोटरेबल पुल निर्माणाधिन अवस्थामा पुगेको पुर्वधार कार्यलयले जनाएको छ ।