समाज

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ४ अर्ब २८ करोड बजेट विनियोजन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ४ अर्ब २८ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको लागि ४ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ । 

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजित बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । पौडेलले सबै प्रकारका सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब विनियोजन गरेको बताए । मन्त्री पौडेलले  बेरोजगारी समस्यालाई दिगो रूपमा समाधानको लागि श्रम बजारको माग अनुरूप युवा जनशक्तिको सीप र दक्षता विकास गरिने जिकिर गरे ।

अर्थमन्त्री पौडेलले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमका लागि १ अर्ब ९९ करोड विनियोजन गरेको जानकारी दिए । रोजगारीको खोजीमा रहेका सीपयुक्त युवाहरूको विवरण अद्यावधिक गरी श्रम बजारमा जोड्न रोजगार पोर्टल सञ्चालन गरिने पौडेलले बताए । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *