समाज

‘३० वर्ष यताकै धेरै वर्षा हुने : हिमाली क्षेत्रमा हिम पहिरोदेखि हिमताल विष्फोट हुनसक्ने चेतावनी’

‘३० वर्ष यताकै धेरै वर्षा हुने : हिमाली क्षेत्रमा हिम पहिरोदेखि हिमताल विष्फोट हुनसक्ने चेतावनी’

काठमाडौं । जेठ १८ गतेदेखि असोज १४ सम्मको अवधिमा औसतभन्दा बढी वर्षा र औषतभन्दा बढी तापक्रम हुने प्रक्षेपण गरिएको छ । 

उच्च हिमाली र उच्च पहाडी क्षेत्रमा ३५ देखि ४५ प्रतिशत, बागमती प्रदेशमा ३५ देखि ४५ प्रतिशत, गण्डकी र लुम्बिनी प्रदेशका दुई तिहाई भागमा औसतभन्दा बढी वर्षा हुने अनुमान छ । 

उच्च हिमाली क्षेत्रमा औसतभन्दा बढी तापक्रम हुने भनिएकाले हिमपहिरोदेखि हिमताल विष्फोटका घटना पनि सँगसँगै हुने अवस्था रहेको विज्ञहरुको चेतावनी छ । विज्ञहरुको पूर्वानुमानलाई आधार बनाएर सरकारले पूर्वतयारीका कामहरु व्यवस्थित हिसावले गरिरहेको बताएको छ । 

सञ्चारकर्मीसँगको कुराकानीमा जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उपे्रतीले मनसुनी असरले पार्ने समस्या न्युनिकरणमा सरोकारवाला निकायमात्र नभई आम नागरिकको भुमिका त्यत्तिकै महत्वपूर्ण हुने बताएका छन् । 

हिम पहिरोदेखि हिमताल विष्फोटका घटना सँगसँगै हुने अवस्था 

डा. उप्रेतीका अनुसार यस वर्षको जेठ १८ गतेदेखि असोज १४ सम्मको अवधिमा औसत भन्दा बढी वर्षा र तापक्रम बढ्नेछ । ३० वर्ष यताकै धेरै वर्षा हुने उनको भनाइ छ । यस वर्ष देशका विभिन्न स्थानमा फरक फरक वर्षा हुनेछ । मधेस प्रदेशकै उत्तरी भागको उच्च स्थान र चुरे क्षेत्रमा औसत भन्दा बढी वर्षा हुनेछ । 

डा. उप्रेतीले मनसुनी वर्षा जुन रुपमा हुनुपर्ने हो सोही रुपमा भए कृषि प्रणालीलाई पनि फाइदा पुग्ने बताएका छन् । मनसुनको बीचमा लामो समय पानी परेन भने कृषिमा यसले नराम्रो असर पार्ने बताएका छन् । यसलाई व्यवस्थित वा न्युनिकरण गर्नेतर्फ भने सरोकारवाला निकायहरुको भुमिका नै बढी महत्वपूर्ण हुने डा. उप्रेतीको भनाई छ । मनसुनी असरले पार्ने समस्या न्युनिकरणमा सरोकारवाला निकायमात्र नभई आम नागरिकको भुमिका पनि उत्तिकै महत्वपूर्ण हुने उनी बताउँछन् । 

उप्रेतीका अनुसार उत्तरी क्षेत्ररुमा औषत भन्दा तापक्रम र वर्षा बढी हुने भएकाले हिमाली क्षेत्रमा पनि बढी पानी परेको बताए । जसका कारण माटो बगाएर ल्याउने, नदी थुनिने फेरि फुट्ने र नदी थुनिदा त्यसले ठूलो तालको रुप लिने भएकाले झनै विकराल अवस्थाको सिर्जना हुनसक्ने उनको भनाइ छ । त्यसकारण हिमाली भेगबाट बग्ने नदीहरु कर्णाली, कोशी, राप्ती, बबईदेखि नारायणीसम्म तटीय क्षेत्रमा उपल्लोदेखि तल्लो अवस्थासम्म जोखिमको आँकलन गरेर पूर्वसूचना प्रणालीको विकास गर्नुपर्नेमा उनले जोड दिए। 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *