Siddarth bankविज्ञापन
समाज

गणेशमान सिंहको २८ औँ स्मृति दिवस आज मनाइँदै

गणेशमान सिंहको २८ औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८ औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ ।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहेका सिंहले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । बि.पी.को निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व समेत गरेका थिए ।

विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित उनले २०४६ सालको आन्दोलनमा महत्त्वपूर्ण योगदान दिए । कम्युनिस्ट पार्टीसँग मिलेर पञ्चायतविरुद्ध जनआन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनको सर्वोच्च कमान्डर थिए । 

उनको नेतृत्वमा भएको २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा पनि उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए । 

विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको थियो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *