मुख्य समाचार

मूल्य नघटाएर चर्को नाफा राख्दै निगमद्धारा आइओसीलाई २४ अर्ब बक्यौता भुक्तानी

मूल्य नघटाएर चर्को नाफा राख्दै निगमद्धारा आइओसीलाई २४ अर्ब बक्यौता भुक्तानी

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन आइओसीलाई तेल खरिद गरेबापतको बक्यौता २४ अर्ब रकम चुक्ता गरेको छ । दुई वर्षको बक्यौता रकम निगमले एक वर्षमै चुक्ता गरेको हो । रुस–युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र दरले वृद्धि हुन थालेपछि निगम पुस २०७७ देखि नोक्सानीमा थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा घटेको दरमा नेपाली बजारमा मूल्य नघटाएर चर्को नाफा राख्दै बक्यौता तिरेको हो । गत भदौ–असोजदेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएपछि निगमले आइओसीको ऋण तिर्न सफल भएको हो । आगामी जुलाई ८ मा ब्याजबापतको १८ करोड रुपियाँ बुझाएपछि आइओसीको सबै ऋण चुक्ता हुने  निगमले जनाएको छ । निगमले आइओसीलाई ७.१ प्रतिशत ब्याजबापत एक वर्षमा ७० करोड रुपियाँ बुझाएको छ । नाफामा मूल्य स्थिरीकरण कोषको साढे तीन अर्ब र सरकारबाट भ्याटबापत फिर्ता आएको साढे तीन अर्ब रुपियाँ जोडेर निगमले ऋण तिरेको हो ।  निगमले आइओसीको ऋण तिरे पनि नेपाल सरकारको सात अर्ब रुपियाँ ऋण तिर्न भने बाँकी छ । सो ऋण पाँच वर्षका लागि लिइएको हो । सम्झौता अनुसार ७० करोडका दरले १० किस्तामा ऋण भुक्तानी गर्नुपर्छ । वर्षमा दुई किस्ताका दरले तिर्दै जानुपर्ने निगमले जनाएको छ । निगमले प्रत्येक महिनाको ८ र २३ तारिखमा तेल खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *