समाज

गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते

गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते

काठमाडौं । मंगलबार (आज) बिहान गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । 

काठमाडौंबाट गोरखाको आरुघाट सोतीतर्फ जाँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् ।

बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *