मुख्य समाचार

तीन महिनामा एकै प्रकृतिबाट १८ सय किलो सुन भित्रिएको खुलासा

तीन महिनामा एकै प्रकृतिबाट १८ सय किलो सुन भित्रिएको खुलासा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार सय किलो सुन नेपाल ल्याउनेले नै पछिल्लो तीन महिनामा १८ सय किलो सुन नेपाल भित्र्याएको हुनसक्ने पाइएको छ ।

सुन भित्र्याउने कम्पनीको यसअघिका कागजात हेर्दा बुधबार नेपालमा सामान भित्र्याएकै मोडालिटीमा थप वस्तु ल्याएको पाइएको हो ।  भन्सारमा उक्त कम्पनीले समान कति पटक कति परिमाणमा आएको र कस्तो वस्तु आएको भन्ने बारे राजश्वलाई अधिकार छ ।

भन्सारको प्रााणली हेर्दा गत ३ महिनादेखि सोही प्रकारको वस्तु ल्याएको भेटिएको हो । बुधबार रेडी ट्रेड प्रालिको नाममा मोटरसाइकलको ‘ब्रेक शु’ भनेर १ सय केजी सुन भित्र्याइएको पाइएको छ।

बुधबार ठूलो परिमाणमा सुन फेला पारेपछि त्यसमा संलग्न १० जाना पक्राउ परेका छन्। उनीहरूलाई निगरानी राखेर राजस्व अनुसन्धान विभागले अध्ययन गरिरहेको छ। प्रज्ञापन पत्रमा ब्रेक–शु, ब्रेक प्याड, इलेक्ट्रिक सामान उल्लेख छ।

यसअघि भित्र्याएको समानको कुल तौल १८ सय केजी देखिएको विभागले बताएको छ।  त्यसमा सुन हो वा होइन र सुन भएको खण्डमा यकिन कति छ भन्ने अध्ययनको क्रममा रहेको जानाइएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *