समाज

भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा १७ जना नेपाली बेपत्ता

भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा १७ जना नेपाली बेपत्ता

काठमाडौं । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर कम्तिमा १७ जना नेपाली नागरिक समेत बेपत्ता भएको खुलेको छ । 

बर्दिया घर ४ र जाजरकोट घर भएका १३ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले स्थानीय प्रशासनसँग सहयोग मागेका हुन् । आफन्त र त्यहाँ रहेका नेपालीमार्फत उनीहरू बेपत्ता भएको जानकारी प्राप्त बर्दिया प्रशासनले जनाएको छ । 

मधुवन नगरपलिका–६ का ३९ वर्षीय नरेन्द्र खड्का, उनकी श्रीमती सरस्वती भण्डारी खड्का र उनको २ वर्षीय छोरा रोमन खड्का बाढीपहिरोमा परी बेपत्ता भएका छन् । यसैगरी वडा नम्बर ५ की अमृता परियार पनि बेपत्ता भएकी छन् । बर्दियाकै तीनजना घाईते भएको बताइएको छ ।

जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विज्ञप्ति जारी गरेर गाउँपालिकाका १३ जनाभन्दा बढी बेपत्ता भएको जनाएका हुन् । बाढी तथा पहिरोमा कुशे गाउँपालिका वडा नं. २ का करिब १३ जनाभन्दा बढी र अन्य वडाका केही व्यक्तिहरु पनि सम्पर्कमा नरहेकाले हराएको हुनसक्ने भन्दै उनले हराएकाहरुको खोजी तथा उद्दार कार्यलाई द्रुत र प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्नसरकार, परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक पहल गरिदिनका लागि प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराएका छन ।

मंगलबार दिउँसो आएको बाढीमा परेर एक सय बढी बेपत्ता छन् भने ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । बेपत्ता हुनेमा १० जना सैनिक समेत छन् । त्यसक्षेत्रमा सुदूपश्चिमका धेरै नेपालीहरू काम गर्नका लागि जाने गरेका छन् । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *