Siddarth bankविज्ञापन
समाज

डोल्पामा १ सय २० वटा हिउँ चितुवा फेला

डोल्पामा १ सय २० वटा हिउँ चितुवा फेला

डोल्पा । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र वरपरका क्षेत्रमा १ सय २० वटा हिउँ चितुवा भेटिएका छन् ।

निकुञ्जले ५ महिना लगाएर क्यामेरा ट्रयापमार्फत गरेको गणनामा निकुञ्जभित्र ९० र आसपासका वन क्षेत्रमा ३० वटा हिउँ चितुवा देखिएका हुन् । 

प्रति सय वर्ग किलोमिटर क्षेत्रफलमा २ दशमलव २ प्रतिशत हिउँ चितुवा भेटिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिएका छन् । यो नेपालकै हिउँ चितुवाको उच्च घनत्व हो । 

आहारा प्रजाति बढेसँगै हिउँ चितुवाको संख्या पनि बढेको हो । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा करिब ४ हजार झारल, घोरल र नाउर छन् ।

सन् १९८३ मा स्थापना भएको निकुञ्ज ३ हजार ५५५ वर्ग किलोमिटरमा फैलिएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *