समाज

१२२ उपसचिवको सरुवा, निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य भएको दाबी

१२२ उपसचिवको सरुवा, निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य भएको दाबी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिभिन्न १ सय २२ उपसचिवको कार्यक्षेत्र फेरवदल गरेको छ । 

हरेक स्थानीय तहमा कार्यकारी अधिकृत पुर्‍याउने योजना अनुरुप यो सरुवा गरिएको हो । अधिकांश उपसचिवहरु नगरपालिकाका कार्यकारी अधिकृतको भूमिकामा पठाइएको मन्त्रालयले जनाएको छ । यससँगै गाउँपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य भएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

यसअघि १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्र् प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती सेवा ऐन, अनुसार अवकाशको चरणमा रहेका कर्मचारीहरु बाहेक, मन्त्रालयले पारदर्शिता, कार्यकुशलता र भौगोलिक क्षेत्रको अनुभव दिलाउने गरी प्रमुख प्रशासकीय अधिकृत खटाइएको हो । 

त्यसक्रममा २ वर्षभन्दा बढी मन्त्रालय वा अन्तर्गत कार्यरत, उपत्यका केन्द्रित कार्यालयमै सीमित, स्थानीय तहमा काम नगरेका, प्रदेशमा कामकाजका लागि खटिएका तथा फाजिल वा अतिरिक्त समूहमा रहेका कर्मचारीलाई प्राथमिकतामा राखिएको छ । 

दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाएको हुँदा यसअघि निमित्र् प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको आर्थिक वा प्रशासनिक जिम्मेवारी स्वतस् रद्ध भएको मन्त्रालयले जनाएको छ । सहसचिव प्रमुख प्रशासकीय अधिकृत हुनेमध्ये ९ वटा उपमहानगरपालिका र एउटा महानगरपालिकामा समेत छिट्टै दरबन्दी अनुसारको कर्मचारी खटाउने मन्त्रालयले जनाएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *