समाज

दार्चुलामा जिप दुर्घटना हुँदा १० जना घाइते

दार्चुलामा जिप दुर्घटना हुँदा १० जना घाइते

काठमाडौं । दार्चुलामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । 

बिहीबार (आज) बिहान दार्चुलाको नौगाड गाउँपालिका होपरीबाट होपरीगाडतर्फ गइरहेको ग ३ च ३३५१ रातो नम्बर प्लेटको जिप दुर्घटनामा परेको हो । 

दुर्घटनामा घाइते भएकामध्ये ४ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दुर्घटनामा परी नौगाड गाउँपालिका–३ का २५ वर्षीया गर्भवती महिला पार्वती टमटा, वडा नम्बर ४ का २६ वर्षीय मोहन ठगुन्ना, मार्मा गाउँपालिका वडा नम्बर ५ का १७ वर्षीया अप्सरा महता र नौगाड गाउँपालिका–४ का ३५ वर्षीय उमेश ठगुन्ना गम्भीर घाइते भएका छन् । 

गाडी चिप्लो बाटोमा ब्रेक नलागेपछि दुर्घटना भएको अनुमान गरिएको छ । गाडीमा ११ जना सवार रहेको बताइएको छ । गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । 

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *