समाज

अर्घाखाँचीका एक कृषकद्वारा जलेको सिंहदरबार बनाउन १ लाख आर्थिक सहयोग

अर्घाखाँचीका एक कृषकद्वारा जलेको सिंहदरबार बनाउन १ लाख आर्थिक सहयोग

अर्घाखाँची । अर्घाखाँचीका एक जना कृषकले आगोले जलेको  सिंहदरबार बनाउन एक लाख आर्थिक सहयोग गरेका छन् ।  

शितगंगा नगरपालिका–२ का किसान तुलसीराम अधिकारीले “फेरि यस्तो नहोस्, म बनाउँछु मेरो सिंहदरबार, म बनाउँछु मेरो देश, हामी बनाउँछौँ हाम्रो नेपाल“ भन्ने भावनासहित प्रधानमन्त्री दैवी प्रकोप सहयोग कोषमा १ लाख १ सय जम्मा गरेका हुन् । 

उनले कृषि कर्मबाट कमाएको आम्दानी यसै कोषमा अर्पण गरेका हुन् । सिंहदरबार जल्दा आस्था पनि जलेको भन्दै उनले सबैले सकेको सहयोग गर्नुपर्ने बताए । 

प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले कृषि आम्दानीबाट आएको यो रकम पुनर्निर्माणमा ठूलो टेवा पुग्ने बताए ।

रकम जम्मा पश्चात अधिकारीले भौचर प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका थिए । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *