समाज

कैलाली कारागारमा झडप हुँदा १ जनाको मृत्यु, ४७ जना घाइते

कैलाली कारागारमा झडप हुँदा १ जनाको मृत्यु, ४७ जना घाइते

काठमाडौं । कैलाली जिल्ला कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् ।

घटनामा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको हो । घटना शुक्रबार राति करिब ११ बजे भएको हो ।  

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैदीबन्दीहरू दुई समूहमा बाँडिएर आपसमा भिडेका थिए। झडपका क्रममा सख्त घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । उनको त्यही मृत्यु भएको बताइएको छ । 

मृतक ४० वर्षीय चौधरी लागुऔषधि मुद्दामा थुनामा थिए । उनको शव सोही अस्पतलाको शवगृहमा राखिएको छ । अन्य सबै घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *