समाज

बर्दियामा बाघको आक्रमणमा परी १ जना गम्भीर घाइते

बर्दियामा बाघको आक्रमणमा परी १ जना गम्भीर घाइते

बर्दिया । बर्दियाको मधुवनमा बाघको आक्रमणमा परी एक जना गम्भीर घाइते भएका छन् । 

मधुवन नगरपालिका–१ डल्ला टडुवाका बाधुराम चौधरीलाई ओराही सामुदायिक वनमा बाख्रा चराउन जाँदा बाघले आक्रमण गरेको हो । 

बाघको आक्रमणबाट बाँया हात र टाउँकोमा गम्भीर चोट लागेका चौधरीको प्राथमिक उपचारपछि बर्दिया अस्पतालले थप उपचारका लागि नेपालगंज पठाएको छ । पछिल्लो समय बर्दियामा जंगली जनावरको आक्रमण तिब्र बन्दै गएको हो ।

करिब २ साता अगाडी मात्रै गुलरिया नगरपालिका–१२ भैसाहीमा खेतमा काम गरिरहेको समयमा चितुवाको आक्रमणमा परि एक महिलाले ज्यान गुमाएकी थिइन् ।

बर्दियामा बाघ आक्रमणबाट नागरिकलाई जोगाउन टालटुले निति नभई राज्यले ठोस निति अवलम्बन गर्नुपर्ने जानकारहरुले बताएका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *