समाज

फरार भएका १४ हजार ४३ कैदीबन्दी र थुनुवामध्ये ३ हजार पक्राउ

फरार भएका १४ हजार ४३ कैदीबन्दी र थुनुवामध्ये ३ हजार पक्राउ

काठमाडौं । जेल, सुधारगृह तथा थुनुवाकक्ष तोडेर १४ हजार ४३ कैदीबन्दी र थुनुवा फरार भएकामा करिब ३ हजार पक्राउ परेका छन् ।

अझै पनि ११ हजारभन्दा बढी कैदीबन्दी फरार छन् । उपत्यका बाहिरका विभिन्न युनिटबाट ६ नाल एसएलआर, ४ नाल इन्सास, १८ नाल थ्री नट थ्री राइफल, ३ नाल सटगन, ४ नाल ग्यासगन र ७ नाल पेस्तोल लुटिएका छन् । 

प्रहरीका सञ्चार सेट, पोसाक र अन्य सुरक्षा सामग्री पनि लुटिएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले लुटिएका सुरक्षा बन्दोबस्ती एवं हतियार फिर्ता गर्न अपिल गरिसकेका छन् । 

त्यस्तै, भागेका कैदीबन्दीलाई फिर्ता हुन आग्रह गरिएको छ ।  
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *