स्थानीय खबर

६ प्रदेशका २५ जिल्लाको गाईभैँसीमा लम्पी स्किन सङ्क्रमण

६ प्रदेशका २५ जिल्लाको गाईभैँसीमा लम्पी स्किन सङ्क्रमण

काठमाडौं । गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ को सङ्क्रमण छ प्रदेशका २५ जिल्लामा फैलिएको छ । 

२६ हजार ६३२ पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको र ८१६ पशुको मृत्यु भएको पशुसेवा विभागले उल्लेख गरेको छ । सङ्क्रमणबाट किसानले एक अर्ब ३० करोड रुपैयाँ बराबरको क्षति बेहोरिसकेको विभागले जनाएको छ । 

कोशी, बागमती, लुम्बिनी, मधेश, कर्णाली र गण्डकी प्रदेशमा समेत संक्रमण देखिएको छ ।  कोशी प्रदेशका १२, मधेशका आठ, गण्डकीको एक, कर्णालीको एक र सुदूरपश्चिममा भने हालसम्म रोग पुष्टि हुन सकेको छैन ।  

रोगका कारण गाईभैँसीको मृत्यु हुने, दुध र मासु उत्पादनमा ह्रास आउने, पशुको प्रजननमा समस्या देखिने, छाला उत्पादन घट्ने गर्दछ । ‘लम्पी स्किन’ सङ्क्रमणविरुद्ध तीन प्रदेशका पाँच लाख स्वस्थ्य पशुमा खोप लगाइएको छ । 

कोशीमा तीन लाख १२ हजार, मधेशमा एक लाख ६७ हजार र लुम्बिनीमा २१ हजार ४ सय ६२ पशुमा खोप लगाएको हो ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *