मुख्य समाचार

मर्सिसाइड डर्बीमा लिभरपुलको जित

मर्सिसाइड डर्बीमा लिभरपुलको जित

काठमाडौं । लिग लिडर लिभरपुलले इङ्लिस प्रिमियर लिगमा शनिबार सम्पन्न मर्सिसाइड डर्बीमा एभर्टनविरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गरेको छ ।

लगातार पाँचौं जितसँगै लिभरपुलले पाँच खेलमा १५ अंक जोडेको छ । पराजित एभर्टन समान खेलबाट सात अंकका साथ नवौ स्थानमा छ । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन रायन ग्रेभेनबर्च र ह्युगो एकिटिकेले गोल गरे । 

एभरटनका लागि इड्रिस्स गुइएले एक फर्काए । खेलको १०औं मिनेटमा ग्रेचेनबर्चको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । उनले मोहम्मद सलाहको पासलाई पोस्टको दिशा दिए । एकिटिकेले १९औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । 

यस पटक ग्रेभेनबर्चले गोलको अवसर सिर्जना गरेका थिए । रु गुइएले ५८औं मिनेटमा गरेको गोल एभरटनका लागि सान्त्वना बन्यो ।  इलिमान नडियायेको पासलाई जाली चुमाएका थिए । शनिबार राति नै भएको अर्को खेलमा म्यानचेष्टर युनाइटेडले चेल्सीलाई २–१ गोलले पराजित गर्‍यो ।

यस्तै, फुलह्यामले बेनफर्डलाई ३–१ गोलले  हरायो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *