मुख्य समाचार

चितवनमा जनैपूर्णिमा पर्व भव्यतापूर्वक मनाइँदै

चितवनमा जनैपूर्णिमा पर्व भव्यतापूर्वक मनाइँदै

चितवन । चितवन र आसपासका क्षेत्रमा पनि जनैपूर्णिमा पर्व भव्यतापूर्वक मनाइँदै छ । 

जनैपूर्णिमाका दिन चितवनका विभिन्न मठमन्दिरमा बिहानैदेखि यज्ञपवितो जनै र धागो सामूहिक रुपमा विधिपूर्वक पुजेर शरीरमा जनै फेर्ने र हातमा डोरो बाध्ने गरिन्छ ।

चितवनमा पनि खासगरी ब्राम्हण, गुरु पुरोहित, ज्वाई र भान्जाहरुले डोरो बाधिदिने चलन छ । चितवनको भरतपुर, रत्ननगर, खैरहनी, राप्ती, माडी र इच्छाकामना क्षेत्रका मन्दीरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

चितवनको नारायणी नदी र देवघाटमा स्नान गर्न उल्लेख्य मात्रामा हिन्दू धर्मालम्बीहरु पुगेका छन् । चाडबाड शुरु भएसँगै चितवनका बजार क्षेत्रमा चहलपहल पनि बढेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *