समाज

उखु किसानले भदौ २५ गतेदेखि राजमार्ग केन्द्रित आन्दोलन गर्ने

उखु किसानले भदौ २५ गतेदेखि राजमार्ग केन्द्रित आन्दोलन गर्ने

काठमाडौं । आन्दोलनरत उखु किसानले राजमार्ग केन्द्रित आन्दोलान गर्ने निर्णय गरेका छन् । 

सरकारले बेवास्ता गरेको बताउँदै उनीहरुले अब राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका हुन्  ।

उखु उत्पादक महासंघ, नेपाल र उखु उत्पादन हुने जिल्लाहरुका संघको शनिबार बसेको संयुक्त बैठकले यही भदौ २५ गतेदेखि राजमार्ग अवरुद्ध पारेर आन्दोलन गर्न निर्णय गरेको हो ।

महासंघले विज्ञप्ति यसप्रकारको आन्दोलनबाट हुने क्षतिको जिम्मा सरकार, अर्थमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लिनुपर्ने बताएको छ ।

महासंघले उखु किसानलाई उपलब्ध गराउन बाँकी अनुदा रकम विनासर्त भुक्तानि गर्नुपर्ने, उखुको मूल्य तोक्दा किसान प्रतिनिधिहरुको सहभागिता सुनिश्चितता गर्नुपर्ने र किसानलाई सडकबाट घर–खेतमा फर्किने वातावरणा बनाउन माग गरेको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *