Siddarth bankविज्ञापन
समाज

बर्दियामा चितुवाको आक्रमणबाट १ महिलाको मृत्यु

बर्दियामा चितुवाको आक्रमणबाट १ महिलाको मृत्यु

बर्दिया । बर्दियामा चितुवाको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । 

गुलरिया नगरपालिका वडा नं. १२, भैसाही गाँउकी ४५ बर्षिया जगतरानी थारुको चितुवाको आक्रमणमा परि मृत्यु भएको हो ।

शुक्रबार घरबाट करिब १ किलोमिटरको दुरीमा रहेको खेतमा धान गोडी रहेको समयमा चितुवाले आक्रमण गरेको हो । उनको शव क्षतविक्षत अवस्थामा उखु बारीमा फेला परेको छ । 

शनिबार विहान उखुँ बारीमा स्थानीयहरु घाँस काट्न गएको समयमा महिलाको शव देखेपछि गाउँका अन्य ब्यक्तिहरुलाई खबर गरेका थिए । चितुवा देखा परिरहेको भनेर संवन्धित निकायलाई जानकारी गराउदा समेत डिभिजन वन कार्यालयले वेवास्था गरेका कारण घटना घटेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । 

गुलरिया नगरपालिका नगर प्रमुख मुक्तिनाथ यादवले डिभिजन वन कार्यालयले आफ्नो काम र जिम्मेवारीको बोध नहुदा यस्तो घटना घटेको भन्दै रोष प्रकट गरेका छन् । 
 
गुलरिया नगरपालिका वडा नं. ५ मा पनि यस अघि २  जना बालिकाको चितुवाको आक्रमणमा परि ज्यान गएको थियो भने २ जना घाइते भएका थिए  । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *