मुख्य समाचार

पुटिन बाहेक अन्य कुनै रुसी प्रतिनिधिसँग वार्ता नगर्ने जेलेन्स्कीको अडान

पुटिन बाहेक अन्य कुनै रुसी प्रतिनिधिसँग वार्ता नगर्ने जेलेन्स्कीको अडान

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन बाहेक अन्य कुनै रुसी प्रतिनिधिसँग वार्ता नगर्ने अडान व्यक्त गरेका छन् । 

रुसमा सबै कुरा पुटिनको निर्णयमा निर्भर हुने भन्दै उनले पुटिन उपस्थित नभए अन्य रुसी प्रतिनिधिसँग वार्ताको अर्थ नहुने अडान लिएका हुन् । उनले रुसमा सबै कुरा पुटिनले नियन्त्रण गर्ने भएकाले अरू कुनै रुसीसँग नभेटने उनको भनाइ छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जेलेन्स्कीले आफु बिहीबार युद्ध समाप्त गर्न पुटिनसँग प्रत्यक्ष वार्ताका लागि टर्की जाने बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहपछि पुटिनसँग भेट गर्न टर्की जान लागेको उनले खुलासा गरे । 

यद्यपि, पुटिनले वार्तामा सहभागी हुने पक्का नगरेकोले जेलेन्स्कीले पुटिनबाहेक अरूसँग छलफल गर्नु बेकार हुने उनको भनाइ छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *