मुख्य समाचार

महिला राष्ट्रिय फुटबल: फाइनलमा आज सशस्त्र र नेपाल प्रहरी प्रतिस्पर्धा गर्दै

महिला राष्ट्रिय फुटबल: फाइनलमा आज सशस्त्र र नेपाल प्रहरी प्रतिस्पर्धा गर्दै

काठमाडौं । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा जारी महिला राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । 

खेल दिउँसो ३ बजे हेटौंडा रंगशालामा फाइनलमा दुई विभागीय टोलीहरु सशस्त्र प्रहरी बलको एपीएफ र नेपाल पुलिस क्लबले सामना गर्नेछन । प्रतियोगिता पुलिस रौतहटको महिला टिमलाई ४–२ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो भने सेमिफाइनलमा चितवनको महिला टिमलाई ७–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । 

यस्तै, एपिएफ वीररगंजलाई १२–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो भने सेमिफाइनलमा संकटालाई २–० गोलले हराउँदै पुलिसँगको भेट पक्का गरेको हो । दुई टोली १३ दिनमा तेस्रो पटक फाइनल खल्न लागेका हुन् । वैशाख १२ गते लुम्बिनी कप र वैशाख २० गते बागमती मुख्यमन्त्री कपको फाइनलमा खेलेका थिए । दुवै फाइनलमा एपिएफ विजयी भएको थियो । 

प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ५ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  यस्तै सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछ भने अन्य विधागत उत्कृष्टले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *