समाज

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय धान दिवसको शुभकामना

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय धान दिवसको शुभकामना

काठमाडौं ।  प्रधानमन्त्री के.पी. शर्मा ओलीले समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानुपर्ने बताएका छन् । 

राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै  उनले भनेका छन्, “आज असार १५, हाम्रो उत्पादन र पसिनाको पर्व, धान दिवस, माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति हो, आज देश बाहिर भए पनि बाल्यकालदेखिका रोपाइँको सम्झना आइरहेको छ ।”

प्रधानमन्त्री ओलीले सन्देशमा रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउनका लागि  सरकारले कृषि आधुनिकीकरणको कार्यक्रम ल्याएको पनि उल्लेख गरेका छन् । 

सन्देशमा भनिएको छ, “कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउँ, असार १५, दही चिउरा खाने दिन तथा धान दिवसको सबैलाई शुभकामना ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *