मुख्य समाचार

भारतको हवाई आक्रमणपछि अहिलेसम्म के के भए ?

भारतको हवाई आक्रमणपछि अहिलेसम्म के के भए ?

एजेन्सी । भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको छ। 

गत अप्रिल २२ मा भारत-नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ।

भारतको हवाई आक्रमणपछि अहिलेसम्म भएका घटनाक्रमहरु 

जम्मू(कश्मीरीका पहलगाममा पर्यटकहरुमाथि भएको हमलाको दुई हप्ता पछि, भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै ठाउँमा हमलाहरू गरिसकेको छ। भारतले यी हमलाहरूलाई ‘अपरेशन सिन्दूर’ नाम दिएको छ।

.  भारतले पाकिस्तानका ९ स्थानमा हमला गरेको दाबी गरेको छ । 

पाकिस्तानका विदेश मन्त्री इसहाक डारले आक्रमणमा ८ जना पाकिस्तानी नागरिकको मृत्युको भएको र ३५ जना घाइते भएको पुष्टि गरेका छन् । 

.  कश्मीरमा पाकिस्तानी सेनाको गोलीबारीमा तीन जना भारतीय नागरिकको मृत्यु भएको छ।

पाकिस्तान र भारतले धेरै क्षेत्रमा स्कूल र कलेज बन्द गरेका छन्।

भारतको सैन्य अपरेशनपछि एयर इन्डिया, स्पाइसजेट र इन्डिगोजस्ता प्रमुख एयरलाइन्सहरूले प्रभावित क्षेत्रका उडानहरू स्थगित गरेका छन् । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *