समाज

नयाँ नेतृत्वका लागि अनेरास्ववियुको आज मतदान हुँदै

नयाँ नेतृत्वका लागि अनेरास्ववियुको आज मतदान हुँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ।

निर्वाचन कमिटीले प्रकाशन गरेको कार्यतालिका अनुसार आज बिहान ८ बजेदेखि मतदान हुन लागेको हो । मतदानका लागि ४५ वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने भएको छ ।

२४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि प्रकाश पौडेल र डा. सुजन कडरियाले उम्मेदवारी दिएका छन्। एकजना खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी, गणेशबहादुर शाहीले उम्मेदवारी दिएका छन्। यसैगरी, एक महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईले उम्मेदवारी दिँदा महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलको उम्मेदवारी परेको छ।

निर्वाचन कमिटीले बुधबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिसकेको छ।  कार्यतालिका अनुसार मतदानको काम सकिएपछि मतगणना, निर्वाचन परिणामको घोषणा, प्रमाणपत्र वितरण र शपथ ग्रहणको कार्यतालिका रहेको छ । 

नयाँ नेतृत्वका लागि देशभरबाट आएका १५ सय भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *